काठमाडौं । नेपाली यू-१९ क्रिकेट टिमले भारतको कर्नाटकाको यू-१९ टिमविरुद्धको सिरिज तीन-दुईले जितेको छ । बिहीबार टियू क्रिकेट मैदानमा सम्पन्न सिरिजको अन्तिम खेलमा नेपालले कर्नाटकालाई सात विकेटले पराजित गर्दै सिरिज तीन-दुईले जितेको हो । कर्नाटकाले दिएको १९१ रनको लक्ष्य पछाएको नेपालले तीन विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
यस सिरिजमा पहिलो र चौथो खेल कर्नाटकाले जितेको थियो भने दोस्रो र तेस्रो खेल नेपालले जितेको थियो । अब नेपाली यू-१९ नेपाली टिमले नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुने यू-१९ एशिया कप खेल्दैछ । एशिया कपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
त्यस्तै, समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोस्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग र तेस्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा