पर्थ । भारत अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा १५० रनमा अलआउट भएको छ । अष्ट्रेलियाको पर्थमा शुक्रबारदेखि सुरु भएको पाँच खेलको सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले १५० रन बनाउँदा अलआउट भएको छ ।
भारतका लागि डेभ्यु खेल खेलिरहनुभएका नितिशकुमार रेड्डीले सर्वाधिक ४१ रन बनाउनुभयो भने ऋषव पन्तले ३७, केएल राहुलले २६ रन बनाउनुभएको थियो ।
भारतको ब्याटिङ लाइन ध्वस्त गर्नेक्रममा अष्ट्रेलियाका बलर जोश हजेलवुडले सर्वाधिक चार विकेट लिनुभयो भने मिचेल स्टार्क, पाट कमिन्स र मिचेल मार्शले दुई-दुई विकेट लिनुभएको थियो । यस खेलमा भारतका कप्तान रोहित शर्माको अनुपस्थितिमा जसप्रित बुमराहले कप्तानी गर्नुभएको थियो । एजेन्सी ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा