
विराटनगर । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्सले आफ्नो ‘आइकोनिक प्लेयर्स’ छनोट गरेको छ । विराटनगरले ‘ट्यालेन्ट हन्ट’बाट फिर्दोस अन्सारी, कमल खत्री र सुजन थपलियालाई छनोट गरेको हो । तीनै खेलाडीले कोशी प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसक्नुभएको छ ।
विराटनगरले युवा प्रतिभा छान्न कोशी प्रदेशका पाँच जिल्लामा ‘ट्यालेन्ट हन्ट’ गरेको थियो । ‘ट्यालेन्ट हन्ट’मा ४०० भन्दा बढीले नाम दर्ता गराएका थिए । ड्रिम्स स्पोर्ट्स प्रालिको स्वामित्वमा रहेको विराटनगरको मार्की खेलाडीमा राष्ट्रिय टोलीका बलर सन्दीप लामिछाने हुनुहुन्छ । टोलीले आयरल्याण्डका केविन ओ’ब्रायनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा विराटनगरसँगै पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच