भोजपुर । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटिले जिल्ला भित्रका पालिका अधिवेशनका लागि जिम्मेवारी तोकेको छ ।
जिल्ला कमिटि भोजपुरको पाँचौ बैठकले पालिका नगर तथा पालिका अधिवेशनका लागि जिम्मेवारी बाँडफाँड गरेको हो । सोही अनुसार आगामी भाद्र ७ गते जिल्लाको पूर्वी अरुण गाउँपालिका कमिटिको अधिवेशन हुने जिल्ला कमिटि अध्यक्ष रविन थापाले बताउनुभयो ।
अध्यक्ष थापाले सवै पालिका कमिटिहरुको भेला, बैठक र अधिवशेन सम्पन्न गर्नका लागि जिम्मेवारी तोकिएकाले सोही अनुसार आगामी कार्यक्रम अगाडी बढ्ने बताउनुभयो ।
पाँचौँ बैठकले हतुवागढी गाउँपालिका इन्चार्ज सिताराम श्रेष्ठ, रामप्रसाद राई गाउँपालिका घनश्याम श्रेष्ठ, टेम्केमैयुङ जिवन राई, भोजपुर नगरपालिका दिपक श्रेष्ठ, पौवादुङमा गाउँपालिका आशिष राई र साल्पासिलिछो गाउँपालिका इन्चार्जको जिम्मा अशोक राईलाई दिएको छ । यस्तै तोशल दाहाललाई युथ फोर्स प्रमुख र बिरेन्द्र स्याङबो तामाङलाई उपप्रमुखको बिभागीय जिम्मेवारी दिइएको युवा संघले जनाएको छ ।
सो बैठकले जिल्ला पदाधिकारीमा केही मनोनित समेत गरेको छ । जसअनुसार उपाध्यक्ष प्रकाश किरात, उपसचिवमा दिलिप राई र साङकेनमा राई, कोषाध्यक्ष मेनुका तिम्सिनालाई मनोनित गरिएको जिल्ला कमिटि अध्यक्ष थापाले जानकारी दिनुभयो ।






