
लण्डन । इंग्लिस क्लब चेल्सीले दुई खेलअगावै युइएफए महिला च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राती घरेलु मैदान स्टामफोर्ड ब्रिजमा स्कटिस क्लब सेल्टिनविरुद्ध ३-० को सहज जित दर्ता गर्दै चेल्सी क्वाटरफाइनलमा पुगेको हो । जितसँगै लगातार चौथो जित निकालेको चेल्सी १२ अंकका साथ समूह ‘बी’ को शीर्ष स्थानमा छ । चारै खेलमा पराजित सेल्टिक बिनाअंक पुछारमा छ ।
चेल्सीलाई जित दिलाउन लुसी ब्रोन्ज, विकी क्याप्टेन र इभा पेरिसेटले गोल गर्नुभयो । खेलको दोस्रो मिनेटमै ब्रोन्जको गोलमार्फत् चेल्सीले अग्रता लिएको थियो । २४औँ मिनेटमा क्याप्टेनले टोलीको अग्रता दोब्बर बनाउनुभयो । इन्जुरी समयमा पेरिसेटले पेनाल्टीमार्फत् गोल गर्दै चेल्सीलाई सहज जित दिलाउनुभयो ।
यसैगरी रियल मड्रिड पनि क्वाटरफाइनल पुगेको छ । डच टोली एफसी ट्वान्टविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गर्दै रियल क्वाटरफाइनलमा पुगेको हो । ट्वान्टको घरेलु मैदान डी ग्रोस भेस्टे रंगशालामा रियललाई जित दिलाउन लिन्डा काइसेडो, सिग्ने बु्रन र अल्बा रेडोन्डोले गोल गर्नुभयो । ट्वान्टका लागि जिमी रेभेन्सबर्गन र सोभी ब्रेकले गोल गरे पनि टोलीका लागि पर्याप्त रहेन । जितसँगै चार खेलमा नौ अंक जोडेको रियल समूह ‘बी’ को दोस्रो स्थानमा छ । पराजित ट्वान्ट समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच