भोजपुर । पहाडी जिल्लाहरुमा पटक पटक सुचना प्रकाशन गर्दा पनि गणित, विज्ञानलगायतका बिषयको शिक्षक पाउन मुस्किल हुने गरेको छ । भोजपुर नगरपालिका वडा नम्वर ७ मा रहेको विद्योदय माध्यामिक विद्यालयले मावि तहका लागि पटक पटक सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाउन सकेको छैन ।
करिव २७ बर्ष काम गरेका बिएसी शिक्षक मोहितलाल चौधरीको उमेर हदका कारण गत भाद्र १२ गतेबाट अनिवार्य अवकाश भएपछि विद्यालयले स्थायी शिक्षक सरुवाका लागि आवेदन माग गरेको थियो । तर विद्यालयमा आउनका लागि कुनै पनि शिक्षकले सरुवाका लागि आवेदन नमागेपछि पुन विद्यालयले पटक पटक करार शिक्षकका लागि विज्ञापन गर्दै आईरहेको छ ।
पटक पटक सुचना प्रकाशन गर्दा समेत शिक्षक ब्यवस्था हुन नसक्दा विद्यार्थीहरुको पठनपाठनमा समेत समस्या हुँदै आईरहेको विद्यालय ब्यवस्थापन समितिका सदस्य सुमन श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “गणित र विज्ञानको शिक्षक अभाव हुँदा सदरमुकाममा रहेको विद्यालयमा त शिक्षक ब्यवस्था गर्न सकिएको छैन, ग्रामीण क्षेत्रमा रिक्त हुँदा झन के होला ।”
विद्यालयका निमित्त प्रधानाध्यापक रक्तम राईले करार शिक्षकका लागि पुनः कार्तिक २९ गते अर्को सुचना प्रकाशन गर्नु भएको छ । यस भन्दा अगाडी पनि सुचना प्रकाशन भएको थियो । “विद्यालयले शिक्षक आवश्यकता खुलाउँछन”, राईले भन्नुभयो, “अन्यत्र पढाईरहेका शिक्षकले पनि आवेदन दिएको देखिदैन, नयाँ अनुहारले पनि शिक्षण सेवामा आउनका लागि चाहेको देखिँदैन।”
माध्यामिक विद्यालय तेस्रो तहको दरबन्दी अनुसार मासिक रु ४३ हजार नौ सय९४ तलब हुने यो पदमा कसैले दरखास्त नदिएपछि विद्यालयमा गणित शिक्षक अभाव देखिएको हो । गणित, विज्ञानलगायतका शिक्षकहरुजिल्ला तहमा पनि टिकाउन समस्या भएको छ । विद्यालयमा कार्यरत शिक्षकहरु जिल्ला बाहिरका हुने र उनीहरुले समेत आफ्नो घर नजिक नै सरुवा मिलाउन प्रयास गर्ने गरेका कारण पहाडी जिल्लाहरुमा झन शिक्षकको अभाव देखिने गरेको शिक्षा विकास तथा समन्वय इकाई भोजपुरले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा