
ललितपुर । ललितपुर महानगरपालिकाले संस्कृति, साहित्य, पुरातत्व र अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएका दुई स्रष्टालाई सम्मान गरेको छ । संस्कृति संरक्षणको क्षेत्रमा निरन्तर सक्रिय रहनुभएका पुरातत्वविद् हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक तथा वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई महानगरपालिकाले सम्मान गरेको हो ।
महानगरपालिकाले उहाँहरूलाई आजीवन विशेष सुविधा दिने घोषणा गर्दै सम्मान गरेको हो । महानगरपालिकाले यस्तै सम्मान स्वर्गीय वरिष्ठ साहित्यकार सत्यमोहन जोशीलाई पनि गरेको थियो । महानगरका प्रमुख चिरीबाबु महर्जनले उहाँहरूले साहित्य, अनुसन्धान र सम्पदा संरक्षणमा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै सम्मान गरेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच