काठमाडौं । ‘चिकित्साका चौध तारा’ पुस्तक बजारमा आएको छ । यसअघि ‘पाइला आफ्नै आफ्नै’ र ‘घुरको घुवाँ’ जस्ता कृति पाठकमाझ ल्याउनुभएको राजेश खनालको तेस्रो पुस्तक ‘चिकित्साका चौध तारा’ बजारमा आएको हो ।
यस कृतिभित्र डा.कृष्णजंग राणा, डा.गौरीशंकर लाल दास, डा.दिनेशनाथ गोंगल, डा.मणिन्द्ररञ्जन बराल, डा.मृगेन्द्रराज पाण्डे, डा.यन्तमणि प्रधान, डा.रामप्रसाद पोखरेल, डा.लोकविक्रम थापा, डा.विश्वराज दली, डा.शंकरप्रसाद उप्रेती, डा.सरस्वती पाध्ये, डा.सुदीपकुमार भट्टाचार्य, डा.सुन्दरमणि दीक्षित, डा.हेमांग दीक्षित, डा.अञ्जनीकुमार शर्मा र डा.बुद्धिमान श्रेष्ठका व्यक्तिवृत्त समेटिएको छ ।
रत्न पुस्तक भण्डारले प्रकाशित गरेको यस पुस्तकको मूल्य ३९५ रुपैयाँ राखिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता