काठमाडौं । रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको गीत ‘पग्लियो यो मन’ सार्वजनिक भएको छ । सरगम राईको शब्द तथा संगीत र सविन लिम्बुको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुर्याउनका लागि आतुर प्रेमील जोडीको मनो भावनालाई गीतमा चित्रण गरिएको छ । सोनम पाख्रिनको निर्देशन रहेको गीतको भिडियोमा रवि सुवेदी र बिना राउतलाई फिचरिङ गरिएको छ ।
विशाल थापाको छायांकन र विकास दाहालको सम्पादन रहेको यो गीतको भिडियो रवि सुवेदी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता