ललितपुर । १२औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८१ का अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । बुधबार पाटन दरबार क्षेत्र ललितपुरमा एक विशेष समारोहबीच राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले अग्रज श्रष्टा सम्मान तथा अभिनन्दन समारोहमा सम्मान गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्य, राष्ट्रिय मधेस आयोग अध्यक्ष प्राडा. विजयकुमार दत्त, दलित आयोग अध्यक्ष प्राडा.देवराज विश्वकर्मा, पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मालगायतको आतिथ्यतामा सम्मान तथा अभिनन्दन गरिएको थियो ।
सो अवसरमा अग्रज श्रष्टाहरू प्राडा. राजेन्द्र विमल, प्राडा.वीणा पौड्याल, राष्ट्रिय गानका प्रणेता ब्याकुल माइँला, विशिष्ट साहित्यकार मोहन दुवाल, अग्रज सञ्चारकर्मीहरू अखण्ड भण्डारी, गोपीकृष्ण ढुंगाना, त्रिभुवनचन्द्र वाग्ले, प्रकाश सुवेदी, दिलिप ढकाल, प्रशान्त माली, सर्जक/संगीतकार राजेन्द्र बजगाईं, युवा अभियन्ता चक्रबहादुर चन्द, नव क्षितिज साप्ताहिक काभ्रेका प्रकाशक/प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक/सम्पादक नवराज बजगाईंलगायतलाई सम्मान तथा अभिनन्दन गरिएको थियो ।






