काठमाडौं । फरवार्ड दीग विजयी शाहीको हृयाट्रिकप्रेरित त्रिभुवन आर्मी फुटबल क्लबले ललित स्मृति एन्फा यू-१८ युथ लिगमा सातदोबाटो युवा क्लबविरुद्ध चार-शून्यको सहज जित निकालेको छ ।
बिहीबार एन्फा मुख्यालय मैदानमा भएको खेलमा आर्मीले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा थप दुई गोल गर्दै आर्मीले सहज जित निकालेको हो । आर्मीबाट अर्को एक गोल भने दक्ष लामाले गर्नुभएको थियो ।
जितसँगै नौ खेलबाट सात अंक जोडेको आर्मी अंक तालिकाको १०औँ स्थानमा यथावत् छ । सातदोबाटोको समान खेलबाट चार अंक छ । आर्मीभन्दा एक स्थान तल रहेको सातदोबाटो पुछारबाट दोस्रो स्थानमा छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता