काठमाडौं । असभसम्राट हाडा र राजवीर प्रधान होटल मिस्टिक माउन्टेन ग्राण्ड खुला जेटिआई जुनियर टेनिस प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको यू-१६ ब्वाइज सिंगल्समा असभले साङे रोकायालाई ६-० र ६–४ तथा राजवीरले दीर्घायु लामालाई ६-० र ६-१ को सोझो सेटमा पराजित गर्नुभयो ।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा बागमती प्रदेश टेनिस संघद्वारा आयोजित प्रतियोगिताको यू-१६ गल्र्स सिंगल्समा जेनी खड्का र समृद्धि महर्जनले सेमिफाइनलमा स्थान पक्का गर्नुभयोे । जेनीले दिव्यता भण्डारीलाई ६-१ र ६-२ तथा समृद्धिले कर्मिस्था श्रेष्ठलाई ६-२ र ६-३ को सोझो सेटमा हराउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts