आगलागी बाट गम्भिर घाईते राईको मृत्यु

जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
Read Time = 1 min

पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा न.२ साम्दिनमा आगलागी बाट गम्भिर घाईते भएका एक ब्यक्तिको गएराती मृत्यु भएको छ ।

मृत्यु हुनेमा जय प्रसाद राई रहेका छन् । साढे ११ बजे काठमाण्डौँको कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

ADVERTISEMENT

झापा स्थित बि एण्ड सी हस्पिटलमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बर्न अस्पताल कीर्तिपुर पुरयाइएको थियो ।

अचानक घरमा आगो लाग्दा घर, घरमा भएका पसल, लत्ताकपडा, भाडावर्तन, सुनचाँदी, नगद जलेर नष्ट हुँदा प्रारम्भिक विवरण अनुसार ८५ लाख रुपैयाको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक बिनीलाल शाहले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?