मिलान । इटालियन सिरी ‘ए’ मा एसी मिलानले घरेलु मैदानमै पराजय बेहोरेको छ । मंगलबार राती सम्पन्न खेलमा मिलानले लिग लिडर नापोलीसँग २-० ले पराजय बेहोरेको हो । जितसँगै १० खेलमा २५ अंक जोडेको नापोली शीर्षस्थानमा कायम छ । पराजित मिलान १४ खेलबाट आठौँ स्थानमा छ ।
सान सिएरोमा नापोलीलाई जित दिलाउन रोमेलु लुकाकु र खविचा क्वारात्सखेलियाले गोल गर्नुभयो । खेलको पाँचौँ मिनेटमा लुकाकुको गोलमार्फत् नापोलीले अग्रता लिएको थियो । उहाँले आन्द्रे एनगुइसाको पासलाई सदुपयोग गर्दै गोल गर्नुभएको थियो । क्वारात्सखेलियाले ४३औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाउनुभयो । मिलानका अल्भारो मोराटले ४७ मिनेटमा गोल गरे पनि भिएआरमा अफ साइड देखिँदा त्यसले मान्यता पाएन । एजेन्सी ।






