
ललितपुर । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । गणेशमान सिंह प्रतिष्ठानद्वारा शनिबार आयोजित वीर गणेशमान चौथो राष्ट्रिय टेनिस प्रतियोगिताको समापन समारोहमा उहाँले राष्ट्र निर्माणका लागि समाजलाई रूपान्तरण गर्न खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको हो । खेलकुदका माध्यमबाट सामाजिक रूपान्तरणमा योगदान पुग्नुका साथै अनुशासित जनशक्ति विकासमा पनि सहयोग पुग्ने उहाँको भनाइ थियो ।
उहाँले विद्यालय तहदेखि नै टेनिसलगायत खेलकुदलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सुझाव दिनुभयो । प्रतिष्ठानका कार्यसमिति सदस्य भाष्करमान सिंहले प्रतियोगिताका निम्ति सहयोग गरेका सबै संघसंस्थाप्रति आभार व्यक्त गर्नुभयो ।
नेपाल टेनिस संघका सचिव मालिका राणाले प्रतियोगिताका माध्यमबाट खेलाडी उत्पादनका साथै प्रतिभा प्रस्फुटनमा सहयोग पुगेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच