सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. २ स्थित श्री पाँचकुमार प्राथमिक विद्यालयलाई नेपाली सेनाले आज २० थान वेञ्च र १५० जोडी ट्याकसुट र जुत्ता वितरण गरेको छ। कार्यक्रमको प्रमुख अतिथि मध्यपूर्वी पृतनाका उपरथी सुदर्शन सिल्वालले गर्नुभएको थियो ।
यस कार्यक्रममा लगभग ३०० जनाको उपस्थिति थियो, जसमा श्री भैरवीदल गणका गणपति, स्थानीय जनप्रतिनिधि, पत्रकार, अभिभावक, शिक्षकरशिक्षिकाहरू र विद्यार्थीहरू सामेल थिए।
अवधारणाअनुसार, नेपाली सेनाले मधेश प्रदेशका बिपन्न वर्गका विद्यालयहरूको शैक्षिक स्तर उत्थान गर्न विभिन्न सहयोग गर्दै आएको छ। यस क्रममा विद्यालयको स्वास्थ्य परीक्षण, शैक्षिक सामग्री वितरण, रङ्गरोगन, धारा र शौचालय निर्माण, पंखा र ग्रील जडान, तथा खेलकुद प्रशिक्षण जस्ता गतिविधिहरूसमेत समावेश छन्।
यस पहलले विद्यालयको समग्र विकासमा महत्वपूर्ण योगदान पु-याइएकाे थियाे ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता