काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी हुने आठ फ्रेन्चाइजलाई २५६ जना विदेशी खेलाडीको सूची उपलब्ध गराएको छ । त्यसमा २० जना खेलाडीको मूल्यसहित सूची उपलब्ध गराइएको छ । फ्रेन्चाइजले यो सूचीभन्दा बाहिरका विदेशी खेलाडीहरू पनि आबद्ध गर्न सक्छन् । एनपिएलमा हरेक फ्रेन्चाइजले चार/चारजना विदेशी खेलाडी आबद्ध गर्नेछन् । यसको मतलब प्रतियोगितामा ३२ जना विदेशी खेलाडीको सहभागिता रहनेछ ।
अफगानिस्तानका १०, बंगलादेशका पाँच, क्यानडाका तीन, इंग्ल्याण्डका ५४, भारतका १५, अमेरिकाका आठ, आयरल्याण्डका नौ, नामिबियाका तीन, मलेसियाका एक, नेदरल्याण्ड्सका चार, न्युजिल्याण्डका आठ, ओमानका सात, पाकिस्तानका ४०, स्कटल्याण्डका आठ, दक्षिण अफ्रिकाका आठ, श्रीलंकाका ६, यूएईका २७, युगाण्डाका एकजना, वेष्ट इण्डिजका १५ जना र जिम्बाबेका आठजना खेलाडीको नाम फ्रेन्चाइजहरूलाई उपलब्ध गराइएको छ ।
सम्बन्धित खेलाडीहरूले देखाएको रुचिका आधारमा उनीहरूको नाम फ्रेन्चाइजलाई उपलब्ध गराइएको बुझिएको छ । प्रतियोगिताका लागि भारतीय खेलाडीहरूले तीन करोड रुपैयाँसम्म माग गरेका छन् । सुरेश रैना र शिखर धवनले तीन/तीन करोड भारतीय रुपैयाँ दिए प्रतियोगिता खेल्ने बताउनुभएको छ ।
एनपिएलमा फ्रेन्चाइजले नेपाली खेलाडीलाई दुई लाखदेखि १५ लाख रुपैयाँसम्म खर्चिएका छन् । मार्की खेलाडीको हकमा २०/२० लाख रुपैयाँ दिइएको छ । एनपिएल आगामी मंसिर १६ देखि सुरु हुँदैछ । प्रतियोगिताका लागि फ्रेन्चाइजहरूले धमाधम विदेशी खेलाडी भित्र्याइरहेका छन् । वेष्ट इण्डिज र दक्षिण अफ्रिका अनि इंग्ल्याण्डका खेलाडीहरू आबद्ध भइसकेका छन् । प्रतियोगितामा हरेक फ्रेन्चाइजसँग १२ नेपाली र चार विदेशीसहित १६ सदस्यीय टिम हुनेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा