नयाँदिल्ली । घरेलु टोली भारतविरुद्ध टेस्ट शृंखलाको पहिलो खेलमा न्युजिल्याण्डले आठ विकेटको सानदार जित दर्ता गरेको छ । जितसँगै न्युजिल्याण्डले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो टेस्ट अक्टोबर २४ देखि सुरु हुनेछ ।
चेन्नईको एम चिन्नास्वामी क्रिकेट मैदानमा भारतले प्रस्तुत गरेको १०७ रनको लक्ष्य न्युजिल्याण्डले पाँचौँ दिनमा दुई विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्याण्डले मात्र चार बलको सामना गरेको थियो । न्युजिल्याण्डका लागि विल योङले अविजित ४८, रचिन रविन्द्रले अविजित ३९ र डिभोन कोन्वेले १७ रन बनाउनुभयो । भारतका लागि दुवै विकेट जसप्रित बुमराहले लिनुभयो ।
दोस्रो इनिङमा भारतले ४६२ रन बनाएपछि न्युजिल्याण्डले १०७ रनको लक्ष्य प्राप्त गरेको थियो । भारतका लागि सर्फराज खानले १९५ बलमा १८ चौका र तीन छक्काको मद्दतले सर्वाधिक १५० रनको योगदान गर्नुभयोे । यसैगरी ऋषभ पन्तले ९९, कप्तान रोहित शर्माले ५२, यशस्वी जैसवालले ३५, रविचन्द्रन आश्विनले १५ र केएल राहुलले १२ रन बनाउनुभयो ।
न्युजिल्याण्डका लागि म्याट हेनरी र विलियम ओ रुर्केले समान तीन, अजाज पटेलले दुई तथा टिम साउथी र ग्लेन फिलिप्सले समान एक विकेट लिनुभयो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारत पहिलो इनिङमा ४६ रनमै समेटिएको थियो । ४०२ रन बनाउँदै न्युजिल्याण्डले पहिलो इनिङमा ३५६ रनको अग्रता लिएको थियो । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता