लण्डन । इंग्लिस प्रिमियर लिगको शनिबार राती भएको खेलमा आर्सनल बोर्नमाउथसँग २-० ले पराजित भएको छ । भियाली रंगशालामा भएको खेलमा विलियम सालिबाले रेड कार्ड पाएसँगै आर्सनल १० खेलाडीमा सीमित बन्न पुगेको थियो । लियो नार्डो ट्रोसकार्डले खराब पास दिएपछि एभानिल्सनले दबाब दिनुभएको थियो । सो दबाब रोक्ने क्रममा सालिबाले रेड कार्ड पाउनुभएको हो ।
लगातारको दबाबको सामना गरिरहेको आर्सनल ७०औँ मिनेटसम्म विपक्षीलाई रोक्न सफल भए पनि नियमित समय सकिन २० मिनेट बाँकी रहँदा रेन क्रिस्टेले गोल गर्नुभयो । त्यसको ९ मिनेटपछि जस्टिन क्लुभर्टले अर्को गोल गर्नुभयो ।
हारपछि उपाधि होडमा आर्सनललाई ठूलो धक्का लागेको छ । सत्रको पहिलो पराजयको सामना गरेको आर्सनल आठ खेलमा १७ अंकसहित तेस्रो स्थानमा छ । एक खेल कम खेलेका लिभरपुलको १८ तथा म्यानचेस्टर सिटीको १७ अंक छ । अस्टन भिल्लाको पनि १७ अंक छ । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता