काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टा भिगोलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पे र भिनिसियस् जुनियरले एक एक गोल गर्नुभएको हो। त्यस्तै सेल्टा भिगोका लागि एक गोल विलियट स्वेडबर्गले गर्नुभएको थियो ।
यो जितपछि रियल म्याड्रिडको १० खेलमा २४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको बार्सिलोनाको ९ खेलमा २४ अंक रहेको छ । त्यसैगरी सेल्टा भिगोको १० खेलमा १३ अंक रहेको छ र लिगमा दशौँ स्थानमा छ ।







