काठमाडौं । नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ । टी–२० सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ६ विकेट गुमाउदै १७० रन बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिंग गर्दै ५४ बलमा अविजित ९२ रन बनाउनुभयाे । त्यस्तै अनिल शाहले २५, गुलशन झाले १९, कप्तान रोहित पौडेलले १८ रन बनाउनुभयाे ।
त्यस्तौ अमेरिकाका बलर जसदीप सिंह र नोस्थस केन्जीगेले २–२ विकेट लिनुभयाे भने सौरभ नेत्राभलकरले एक विकेट लिनुभयाे ।







