
नयाँदिल्ली । दक्षिण अफ्रिकाका पावर हिटर हेनरिक क्लासेनलाई इण्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइज सनराइजर्स हैदरावादले रिटेन गर्ने खेलाडीको सूचीमा सबैभन्दा अगाडि राखेको छ । उहाँलाई २३ करोड भारुमा पहिलो खेलाडीका रूपमा रिटेन गरिने इएसपिएन क्रिकइन्फोले जनाएको छ ।
हैदरावादले अस्ट्रेलियाका अलराउन्डर र कप्तान प्याट कमिन्सलाई १८ करोड र भारतीय अलराउन्डर अभिषेक शर्मालाई १४ करोडमा रिटेन गर्नेछ । हैदरावादले ट्राभिस हेड र नितिशकुमार रेड्डीलाई पनि राख्ने योजना बनाएको छ । आइपिएल कायम राख्न अन्तिम मिति अक्टोबर ३१ हो, अर्को सिजनका लागि अक्सन यस वर्षको अन्त्यमा हुने तय छ ।
२०२४ मा हैदरावाद फाइनलमा पुगेको थियो । त्यतिबेला कमिन्स टोलीको कप्तान हुनुहुन्थ्यो । आइपिएलको नयाँ नियमअनुसार हरेक टोलीले अधिकतम पाँच क्याप (भारतीय वा विदेशी) र दुई अनक्याप गरी ६ खेलाडी रिटेन गर्न सक्नेछन् । टोलीहरूले अक्सनमा राइट टु म्याच वा दुवैको संयोजनमार्फत् खेलाडीहरू लिन सक्नेछन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच