काठमाडौं । वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक पहिलो साता हुने भएको छ । आयोजक वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कात्तिक ५ देखि १० गतेसम्म आयोजना हुने जानकारी दिएको छ ।
गणेशमान सिंह फाउण्डेसनका बोर्ड सदस्य भाष्करमान सिंह, फाउण्डेसनका खेलकुद संयोजक सञ्जीव तुलाधर, नेपाल र्याफ्टिङ एण्ड कनोइङ संघका अध्यक्ष एवं नेपाली कांग्रेस खेलकुद विभागका नवनियुक्त सदस्य राजीव श्रेष्ठ, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिलकुमार श्रेष्ठ र नेपाल टेनिस संघकी सचिव माहिका राणाले प्रतियोगिताबारे जानकारी गराउनुभयो ।
प्रतियोगितामा सियिनरतर्फ १२ र जुनियरतर्फ ६ स्पर्धा समावेश गरिएको छ । प्रतियोगितामा सिनियरतर्फ महिला तथा पुरुष सिंगल्स/डबल्स र पुरुष ३५, ४५, ५५ र ६५ वर्षमाथि सिंग्लस÷डबल्समा प्रतिस्पर्धा हुनेछ । यसैगरी जुनियरतर्फ यू-८, ९,१०, १२ र १४ तथा खुला डबल्स विधा समावेश छन् । प्रतियोगितामा पुरुष सिंगल्सतर्फका शीर्ष तीनले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी महिला सिंगल्सतर्फको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो स्थानमा रहले १२ हजार पाँच सय पाउनेछन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता