काठमाडौं । करिब सात वर्षपछि हङकङ सुपर सिक्स त्रिकेट प्रतियोगिता हुने भएको छ । पछिल्लो संस्करण सन् २०१७ मा भएको थियो । पाँच ओभरको यो प्रतियोगिता आगामी नोभेम्बर १ देखि ३ तारिखसम्म हङकङमा हुने जनाइएको छ ।
प्रतियोगितामा नेपालसहित आयोजक हङकङ, भारत, अस्ट्रेलिया, इंग्ल्याण्ड, पाकिस्तान, न्युजिल्याण्ड, साउथ अफ्रिका, श्रीलंका, बंगलादेश, ओमान र युएई सहभागी हुने बताइएको छ ।
यो प्रतियोगितामा प्रत्येक टोलीमा ६ जनामात्र खेलाडी रहनेछन् । विकेट किपरबाहेक हरेक खेलाडीले एक ओभर बलिङ गर्न पाउनेछन् र बलिङका क्रममा वाइड वा नो बल भए विपक्षी टिमले दुई रन पाउनेछन् । फाइनलबाहेकका सबै खेलमा ६ बलको एक ओभर हुनेछ । फाइनलमा भने आठ बलको एक ओभर खेलाइनेछ ।
सबै पाँचजना खेलाडी आउट भए पनि पाँचौँ नम्बरमा हुने खेलाडीलाई रनर राखेर छैटौँ ब्याट्सम्यानले एक्लै ब्याटिङ गर्नेछन् । ३१ रन बनाए कुनै पनि खेलाडी स्वतः रिटायर्ड हुनेछ । तर, पाँचाँै खेलाडी बाहिरिएमा भने उनले पुनः क्रिजमा प्रवेश गरेर ब्याटिङ गर्न पाउनेछन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts