लण्डन । कोल पाल्मर सन् २०२३/२४ का लागि इंग्ल्याण्डको वर्ष खेलाडी घोषित हुनुभएको छ । फुटबल समर्थकको मतका आधारमा जुड बेलिंघम र बुकायो साकालाई पछि पार्दै चेल्सीका फरवार्ड पाल्मर इंग्ल्याण्डको वर्ष खेलाडी घोषित हुनुभएको हो । पाल्मरले गत वर्ष नोभेम्बरमा इंग्ल्याण्डका लागि डेब्यु गर्नुभएको थियो ।
आफ्नो देशका लागि नौ खेल खेल्नुभएका उहाँले युरोकपको फाइनलमा स्पेनविरुद्ध एक गोल गरे पनि ग्यारेथ साउथ गेटको टोली २-१ पराजित भएको थियो । पाल्मरको नाममा दुई अन्तर्राष्ट्रिय गोलसमेत छ । गत ग्रिष्मयाममा म्यानचेस्टर सिटीबाट चेल्सी आउनुभएका पाल्मरले सबै प्रतियोगितामा २५ गोल गर्नुभएको थियो । इंग्ल्याण्ड महिला वर्ष खेलाडीको घोषणा एक महिना पछि गरिनेछ । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts