ढाका । बंगलादेशी ब्याटर महमुदुल्लाहले ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत् भारतविरुद्धको ट्वान्टी-२० शृंखलापछि अन्तर्राष्ट्रिय करियरलाई विश्राम दिने जानकारी गराउनुभयो ।
बंगलादेश अहिले तीन खेलको टी-२० शृंखलाका लागि भारत भ्रमणमा छ । शृंखलाको पहिलो खेलमा बंगलादेश सात विकेटले पराजित भएको थियो ।
यसैगरी शृंखलाको दोस्रो खेल बुधबार भएको थियो भने तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ । ३८ वर्षीय महमुदुल्लाहले बंगलादेशका लागि १३९ अन्तर्राष्ट्रिय ट्वान्टी-२० खेल खेल्दा आठ अर्धशतकसहित दुई हजार ३९५ रन बनाउनुभएको छ । यसैगरी उहाँले टी-२० अन्तर्राष्ट्रियमा ४० विकेट पनि लिनुभएको छ । महमुदुल्लाहले सन् २००७ मा केन्याविरुद्धको खेलमार्फत् ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्नुभएको थियो । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts