काठमाडौं । नेपालका नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यले एसिया-प्यासिफिक एमेच्योर खेल्नुहुने भएको छ । एमेच्योर खेलाडीका लागि हुने यो प्रतिष्ठित एसियालीस्तरको च्याम्पियनसिप यही असोज १७ देखि २० सम्म जापानको गोटेम्बास्थित ताहियो क्लबमा हुनेछ ।
सद्भावलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले बिदाइ गर्नुभएको छ । सदस्य-सचिव घिसिङले एसियाका टप एमेच्योर गल्फर आउने यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिनुभएको थियो । सद्भावले एसियाकै ठूलो प्रतियोगितामा खेल्न पाउनुलाई अवसरका रूपमा लिएको बताउनुभयो ।
नेपालको टप एमेच्योर गल्फरका रूपमा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको र यसले पनि सहयोग गर्ने बताउनुभयो । यही प्रतियोगिताका लागि सद्भावले अमेरिकामा दुई महिनाको विशेष प्रशिक्षण गरेर नेपाल आउनुभएको हो ।
प्रशिक्षणकै क्रममा उहाँले युएस एमेच्योर च्याम्पियनसिप र जुनियर प्लेयर्स च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्नुभएको थियो । साथै सद्भावले गत मेमा एएसीको निमन्त्रणामा अहिले हुने च्याम्पियनसिपको गल्फ कोर्सको प्रशिक्षणमा भाग लिनुभएको थियो । एमेच्योरको वरीयताका आधारमा सद्भावले यो अवसर पाउनुभएको हो ।
नेपालबाट टासी छिरिङ पनि भाग लिन छनोट हुनुभएको थियो । तर, केही दिनअगाडि घुँडामा चोट लागेका कारण टासीले यो च्याम्पियनसिप नखेल्ने हुनुभएको छ । नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा सद्भावले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले एसियन गेम्स र ओलम्पिक गेम्समा मेडल सम्भावना रहेको हुनाले सरकार र राखेपका तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts