कोलम्बो । न्युजिल्याण्डविरुद्धको टेस्ट सिरिजमा श्रीलंकाले क्लिन स्विप गरेको छ । दोस्रो टेस्टमा फराकिलो जित हात पार्दै श्रीलंकाले न्युजिल्याण्डविरुद्धको सिरिज क्लिन स्विप गरेको हो । श्रीलंकाले पाहुना टोलीमाथि दोस्रो टेस्टको चौथो दिन आइतबार एक इनिङ र १५४ रनको जित हासिल गरेको हो । जितसँगै घरेलु टोलीले सिरिजमा २-० ले क्लिन स्विप गरेको छ । पहिलो खेलमा घरेलु टोली ६३ रनले विजयी भएको थियो । पहिलो इनिङमा ८८ रनमात्र बनाएपछि पाहुना टोली ५१४ रनले पछि परेको थियो ।
घरेलु टोलीले फलोअन दिएपछि दोस्रो इनिङको सुरुवात गरेको न्युजिल्याण्डले ३६० रनमात्र बनाएपछि इनिङसहितको फराकिलो हार बेहोर्न पुगेको हो । न्युजिल्याण्डका चार खेलाडीले अर्धशतक बनाए पनि फराकिलो हार टार्न भने सकेनन् । डेभोन कन्वे, टम ब्लन्डल, ग्लेन फिलिप्स र मिचेल स्यान्टनरले अर्धशतक बनाउनुभएको थियो । फिलिप्सले सर्वाधिक ७८, स्यान्टनरले ६७, कन्वेले ६१ तथा ब्लन्डलले ६० रन बनाउनुभएको थियो ।
केन विलियम्सले ४६, अजाज पटेलले २२ तथा रचिन रविन्द्रले १२ रन जोड्नुभयो । श्रीलंकाका लागि निसान पेरिसले ६, प्रभात जयसूर्याले ३ तथा धनञ्जय डि सिल्भाले १ विकेट लिनुभयो । पहिलो इनिङमा पाहुना टोलीले ८८ रनमात्र बनाएको थियो । त्यसअघि टस जितेर ब्याटिङको सुरुवात गरेको घरेलु टोलीले तीन ब्याटरको शतकमा पहिलो इनिङमा विशाल योगफल तयार गरेको थियो । घरेलु टोलीले पहिलो इनिङमा पाँच विकेट गुमाएर ६०२ रन बनाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts