सडक आश्रित पुरुषको उद्धार

चिसाङ शेर्पा खोटाङ, संवाददाता

सरसफाई र कपडा बदलेपछि उद्धार गरिएका व्यक्तिसँग फोटो खिचाउँदै प्रहरी ।

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले सहयोगापेक्षी सडक आश्रित एकजना पुरुषको उद्धार गरेको छ ।

वर्षौदेखि जंगलमा सुत्ने, शारीरिक र मानसिक रूपमा कमजोर, आँखा नदेख्ने, खुट्टा सुन्निएको, नाम, थर, ठेगाना थाहा नभएको,आफूलाई शुक्रबहादुर रम्तेल बताउने ६५ वर्षीय पुरुषको उद्धार गरेको हो ।

सडक आश्रित ती व्यक्तिलाई भदौ २८ गते जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्कासहितको प्रहरी टोलीले हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेको साल्पाडाँडास्थित जंगलमा फेलापारी उद्धार गरी जिल्ला प्रहरी कार्यालय ल्याएको थियो ।

उद्धारपश्चात जिल्ला प्रहरी कार्यालय ल्याइएका व्यक्तिलाई आवश्यक सरसफाई र नयाँ लत्ताकपडा बितरण गरी जिल्ला अस्पतालमा स्वास्थ्य चेकजाँच गराएर शनिबार बिहान सार्वजनिक गाडीमा प्रहरी टोलीको साथलगाई मानवसेवा आश्रम बिराटनगरमा थप उपचार तथा अन्य व्यवस्थापनको लागि पठाईएको प्रनाउ खड्काले बताउनुभयो ।

ADVERTISEMENT

सहयोगापेक्षी सडक आश्रित पुरुषको उद्धार गर्नुपूर्व उनको अवस्थाको बारेमा अनुगमन गर्न जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख खड्कासहित जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई र प्रमुख अनुसन्धान अधिकृत नित्यानन्द ढुङ्गाना पुग्नुभएको थियो ।

सहयोगापेक्षी सडक आश्रित मानवमुक्त खोटाङ जिल्ला निर्माणका लागि भदौ २७गते जिल्ला समन्वय समितिमा जिल्ला प्रहरी कार्यालयको आयोजना र मानवसेवाआश्रम विराटनगरको सहजीकरणमा अन्तरक्रिया गरिएको थियो । अन्तरक्रिया गरिएको भोलिपल्टै सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गरिएको हो ।

कसैको पनि सडकमा बास नहोस, कसैले मानसिक स्वास्थ्यकै कारण साङ्लामा नरकीय जीवन जिउनु नपरोस भन्ने उद्देश्यले सहयोगापेक्षी सडक आश्रितहरुको उद्धार अभियान थालिएको हो ।

यसअघि दिक्तेलबजारको सडकमा आश्रित एकजना पुरुष र एकजना महिलाको उद्धार गरी मानवसेवा आश्रम बिराटनगरमा थप उपचार तथा अन्य व्यवस्थापनको लागि पठाईएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?