पार्टीमा अन्तरसंघर्ष चर्किएको बेला माओवादी अध्यक्ष दाहाल झापा आउँदै

राजेन्द्र गौतम झापा, संवाददाता
राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 4 mins

झापा । केन्द्रदेखि गाउँ तहसम्म पार्टी सच्चिने कि सकिने बहस चलिरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झापा आउनुहुने भएकाे छ ।

भदौ ३० मा बिर्तामोडमा सुरु हुने बृहत प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न पार्टी अध्यक्ष दाहाल लामो समयपछि झापा आउने सो पार्टीले जनाएको छ । यसअघि भदौ २२ गते नै अध्यक्ष दाहाल झापा आउने जनाइएको थियो । उहाँ सो दिन झापा नआई ३० गते आउनु हुने भएकाे हाे ।

माओवादी केन्द्र झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाटमा पार्टीको भविष्यलाई लिएर चिन्तित कार्यकर्तामा उत्साह भर्न, सहिद परिवारलाई सम्मान गर्न पार्टी अध्यक्ष दहाल झापा आउन लागेको जानकारी दिइयो ।

माओवादी केन्द्रका झापा इन्चार्ज झलकसिंह दर्लामीले पार्टी अध्यक्ष दाहालको उपस्थितिले जिल्ला तहमा उत्साह भर्ने विश्वास व्यक्त गर्नुभयाे । दाहालले नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य लोकबन्धु कन्दङवासहित चार सय बढीलाई पार्टी प्रवेश गराउने कार्यक्रमसमेत तय भएको छ ।

ADVERTISEMENT

झापामा सञ्चालित नेकपा माओवादी केन्द्रको पूर्वेली संगठन सुदृढीकरण अभियान कार्यक्रमको उपलब्धीका बारेका पनि दाहाललाई जानकारी गराउने कार्यक्रम छ ।

सोही अभियान अन्तर्गत कार्यक्रममा समाजवादी युवा संघ नेपालका कोशी प्रदेश अध्यक्ष टाइसन केरुङ, उपाध्यक्ष दिपेन लिम्बु, सहसचिव दिपेन जबेगु, प्रदेश सदस्य तेन्जिङ लामा, कांग्रेसका पूर्वमहासमिति सदस्य राजभक्त योङ्ग्या, एमाले झापाका पूर्वजिल्ला कमिटी सदस्य छवि गहतराजलगायत सयौँ व्यक्ति माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

सत्ताबाट बाहिरिएपछि माओवादीले झापामा २०८४ लाई लक्षित गरी सङ्गठन बिस्तारलाई तीव्रता दिएको छ । यद्यपि, जिल्ला नेतामा एकमना एकता छैन । जनार्दन शर्मा र वर्षमान पुन पक्षधरको नाममा पार्टी पंक्ति विभक्त छ । जिल्लामा रहेका कतिपय नेताले पक्षधरताको विषय उठाएर पार्टीकै कार्यक्रममा जान समेत कार्यकर्तालाई रोक्ने, छेक्ने गर्ने गरेका छन् ।

कोशी प्रदेश इञ्चार्ज समेत रहेका पार्टी उपमहासचिव हरिबोल गजुरेलले पूर्वको समाजवादी चेतनासँग पार्टीलाई जोड्न नसक्दा पार्टी बेहाल भएको कारण सहित लिखित दस्तावेज नेतृत्वलाई बुझाएर अन्तर संघर्ष गरिरहेका छन् । अन्तरसंघर्ष चर्किएको बेला पार्टी अध्यक्ष दाहाल झापा आउने पक्का हुनुलाई अर्थपूर्ण ढंगमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज