
वासिंटन । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले कठिन जित निकालेको छ । शनिबार सम्पन्न खेलमा इक्वेडरलाई १-० गोलले हराउँदै ब्राजिलले जित निकालेको हो । ब्राजिलका लागि रोड्रिगो सिल्भाले गोल गर्नुभएको थियो ।
उहाँले खेलको ३०औं मिनेटमा गरेको गोल नै ब्राजिलको जितका लागि निर्णायक बनेको थियो । लुकास पाकेटाको पासमा रोड्रिगोले गोल गर्नुभएको थियो । पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गरेको बलले सिधैं जाली चुमेको थियो । त्यसपछि खेलमा थप गोल निस्किन सकेन र ब्राजिलले तीन अंक सुरक्षित गर्यो ।
यो जितसँगै ब्राजिल सात खेलबाट १० अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ । १० टोली सहभागी छनोटमा अर्जेन्टिना (१८), उरुग्वे (१०) र कोलम्बिया (१३) क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । इक्वेडर भने समान खेलमा आठ अंक जोड्दै छैटौं स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच