भोजपुर । पहाडी जिल्ला भोजपुरमा आगामी असोज २ गतेबाट अण्डर–१६ अन्तर विद्यालय स्तरीय बिहानी कप पुरुष फुटबल प्रतियोगिता हुन लागेको छ । दोश्रो संस्करणकोरुपमा बिद्यालय स्तरीय फुटवल प्रतियोगिता हुन लागेको हो ।
बिहानी फुटवल क्लव भोजपुरको आयोजना तथा जिल्ला फुटवल संघको संयोजनमा बिद्यालय स्तरीय प्रतियोगिता हुन लागेको क्लवका अध्यक्ष रिपेश भुजेलले जानकारी दिनुभयो । प्रतियोगितामा बिजेता हुने टिमलाई नगद ४४ हजार चार सय ४४ र उपबिजेतालाई नगद २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
यस्तै प्रतियोगिता तर्फ बेष्ट गोलकिपर, बेष्ट डिफन्डर, बेष्ट मिडफिल्डर र उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजक बिहानी फुटवल क्लवले जनाएको छ । सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा संचालन हुने प्रतियोगिता असोज २ गते देखि असोज ५ गतेसम्म हुने आयोजक संस्थाका बिकल श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार प्रतियोगितामा समावेश हुनका लागि जन्मदर्ता अनिवार्य गरिएको छ ।
प्रतियोगितामा समावेश हुने बिद्यालयहरुले आगामी भाद्र ३० गतेसम्ममा टिम दर्ता गराई सक्नु पर्ने छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता