लण्डन । इंग्लिस ब्याटर डेविड मलानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्नुभएको छ । ३७ वर्षीय मलानले इंग्ल्याण्डका लागि २२ टेस्ट, ३० एकदिवसीय र ६२ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नुभयो ।
मलानले तीनै प्रारूपमा गरी कुल आठ शतक र ३२ अर्धशतकसहित चार हजार ४१६ रन प्रहार गर्नुभएको छ । मलान तीनै प्रारूपमा शतक प्रहार गर्ने दोस्रो इंग्लिस खेलाडी हुनुहुन्छ ।
उहाँबाहेक जोस बटलरले मात्र यो उपलब्धि हासिल गर्नुभएको छ । सन् २०१७ मा दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी-२० खेलमार्फत् अन्तर्राष्ट्रिय करियर सुरु गर्नुभएका मलानले गत वर्ष पाकिस्तानविरुद्ध अन्तिम खेल खेल्नुभयो । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता