एजेन्सी । बेलायती स्टार इम्मा राडुकानु युएस ओपन टेनिस प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिनुभएको छ । महिला एकलतर्फको भिडन्तमा राडुकानु अमेरिकी खेलाडी सोफी केनिनसँग १-६, ६-३, ४-६ ले पराजित हुनुभयो ।
२०२१ मा एउटी किशोरी छनोट खेलाडीका रूपमा सहभागिता जनाउँदा उपाधि नै जितेर राडुकानुले तहल्का मच्चाउनुभएको थियो । त्यो कुनै पनि बेलायती महिला खेलाडीले एकल स्पर्धामा जितेको ४४ वर्षपछिको पहिलो टेनिस उपाधि थियो ।
२०२२ को पहिलो चरणमै पराजित हुनुभएकी राडुकानु गत वर्ष कुर्कुच्चा र हातको चोटको शल्यक्रिया गराउनुपरेका कारण सहभागी हुनुभएको थिएन । यसैबीच, इगा स्विटेक, नाओमी ओसाका, जस्मिन पाओलिनी र जेसिका पेगुलाले दोस्रो चरणको यात्रा तय गर्नुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता