एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लिग वानमा लगातार दोस्रो जित दर्ता गरेको छ । पार्क डे प्रिन्सेसमा शुक्रबार राती भएको खेलमा पिएसजीले मोन्टपेलियरलाई ६-० ले पराजित गरेको हो । जितसँगै पिएसजीले दुई खेलबाट ६ अंक जोडेको छ ।
मोन्टपेलियरको भने समान खेलबाट एक अंक छ । पिएसजीको जितमा ब्राडली बारकोलाले दुई गोल गर्नुभयो । मार्को एसेन्सियो, अचराफ हाकिमी, वारेन इमरी र ली काङ इनले समान एक गोल थप्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता