लण्डन । युरोपा कन्फेरेन्स लिग प्लेअफको पहिलो लेगमा चेल्सीले स्विट्जरल्यान्डको सेर्भेटलाई पराजित गरेको छ । नयाँ प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले सेर्भेटलाई २-०ले हराएको हो ।
क्रिस्टोफर नकुन्कुले ५०औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउनुभएको थियो । ७६औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा नोनी माडुकेले गोल गर्दै चेल्सीको जित पक्का गराउनुभयो । योसँगै अर्को साता हुने दोस्रो लेगअघि चेल्सी समूह चरणनजिक पुगेको छ ।
चेल्सीले इंग्लिस प्रिमियर लिगमा हारबाट सुरुवात गरेको थियो । लिगको पहिलो खेलमा म्यानचेस्टर सिटीविरुद्ध २-०को हार व्यहोरेको चेल्सीका लागि यो जितले राहत दिएको छ । माउरिसियो पोचेटिनोको नेतृत्वमा गत सिजन चेल्सी प्रिमियर लिगमा छैटौं स्थानमा रहेको थियो । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता