काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल खस्किएको हो । नयाँ वरीयतामा नेपाल ९९औँ स्थानमा छ । अघिल्लो पटकको वरीयतामा नेपाल ९८औँ स्थानमा थियो ।
एसियाली राष्ट्रको वरीयतामा भने नेपाल १९औँ स्थानमा छ । यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयतामा नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ६८औँ स्थानमा छ ।
विश्व वरीयतामा अमेरिका चार स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएको छ । यस्तै इंग्ल्याण्ड दोस्रो स्थानमा छ भने स्पेन तेस्रो स्थानमा छ । जर्मनी चौथो स्थानमा यथावत् रहँदा फ्रान्स आठ स्थान तल खस्किएर १०औँ स्थानमा पुगेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा