एजेन्सी । श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान निरोशन डिकवेला डोपिङ प्रकरणमा अनिश्चितकालका लागि निलम्बित भएका छन् । डिकवेला हालै सम्पन्न लंका प्रिमियर लिगको समयमा विश्व एन्टी-डोपिङ गाइडलाइन्स अनुसार गरिएको डोपिङ परीक्षणमा असफल भएको रिपोर्टमा बताइएको छ ।
थप अनुसन्धान भइरहेकाले उनलाई सबै प्रकारका क्रिकेटबाट निलम्बन गरिएको छ । श्रीलंका क्रिकेट बोर्डले हाल अनुसन्धान जारी रहेकाले अर्को सूचना नभएसम्म उनलाई निलम्बन गरिएको जनाएको छ ।
हालै सम्पन्न श्रीलंका प्रिमियर लिगमा गाले मार्भल्सको कप्तानी गरेका ३१ वर्षीया, डिकवेला पछिल्लो पटक मार्च २०२३ मा राष्ट्रिय टोलीमा परेका थिएनन् । उनी यस वर्षको सुरुमा बंगलादेशविरुद्ध श्रीलंकाको टी-२० सिरिजका लागि टिममा समावेश गरिएको भए पनि उनले खेल खेल्ने अवसर भने पाएका थिएनन् । डिकवेलाले श्रीलंकाका लागि टेस्टमा २७५७ रन, एकदिवसीयमा १६०४ र टी-२० मा ४८० रन बनाएका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा