एम्स्टर्डम । ३४ पेनाल्टी प्रहारपछि अयाक्स र पानाथिनाइकोजबीच बिहीबार राती भएको युरोपा लिगको छनोट चरण खेलको टुंगो लागेको थियो । अयाक्सले १३-१२ को पेनाल्टी नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
अयाक्सका ४० वर्षे गोलरक्षक रेम्को पास्भिरले पाँच पेनाल्टी बचाउनुका साथै एउटा पेनाल्टी प्रहारमा आफैंले गोल गर्नुभएको थियो । रक्षक एन्टोन गाएइले टोलीबाट पेनाल्टीमा विजयी गोल गर्नुभयो । ब्राएन ब्रोब्बीले दुई पेनाल्टी चुकाए पनि डच टोलीले विजय हात पारेको हो । टोलीका बेर्टान्ड ट्राओरे र योउरी बासले पनि पेनाल्टी सदुपयोग गर्न सकेनन् । इंग्ल्याण्डका पूर्वकप्तान जोर्डन हेन्डरसनले अयाक्सबाट गोल गर्नुभएको थियो ।
पेनाल्टी सुटआउटमात्र २५ मिनेट चलेको थियो । अयाक्सका व्यवस्थापक फ्रान्सेस्को फारिओलीले यसलाई अविश्वसनीय भन्नुभएको छ । ‘टोलीको भावना र समर्पण अद्भूत थियो,’ उहाँले जिगो स्पोर्टसँग भन्नुभो, ‘हामी उत्कृष्ट थिएनौँ । तर खेलाडीले जति प्रयास गर्नुपर्ने हो त्यो गरेनन् भनेर हामीले भनेका छैनौँ ।’
युरोपियन प्रतियोगितामा यो दोस्रो सर्वाधिक पेनाल्टी स्कोरमा निर्णय भएको खेल हो । गत वर्ष कन्फ्रेन्स लिगमा ग्लेनटोरानले गिजरा युनाइटेडलाई १४-१३ पेनाल्टी प्रहारमा पराजित गरेको थियो । तर, अयाक्स र पानाथिनाइकोजबीच भएको खेल युइएफएको प्रतियोगितामा सर्वाधिक पेनाल्टी प्रहार भएको खेल बनेको छ । नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच यू-२१ युरोपियन च्याम्पियनसिपको खेलको नतिजा ३२ पेनाल्टीपछि आएको थियो । एम्स्टर्डममा भएको खेल ग्रिक टोलीले १-० ले जितेपछि समग्र स्कोर एक-एक भएको थियो । टेटेले ८९औँ मिनेटमा गोल गर्दै पानाथिनाइकोजको आश देखाउनुभएको थियो । एजेन्सी ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा