लण्डन । स्पेनिस ला लिगा २०२४-०२५ सिजनको सुरुवाती दुवै खेल बराबरीमा सम्पन्न भएका छन् । सिजनको सुरुवातको पहिलो खेलमा एथ्लेटिक क्लबले गेटाफेसँग र दोस्रो खेलमा रियल बेटिस र जिरोनाले १-१ को बराबरी खेलेको हो । गत सिजन स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको गिरोनाले रियल बेटिससँग १-१ गोलको बराबरी खेल्यो ।
बेनिटो भिल्लामारिन रंगशालामा भएको खेलको सातौं मिनेटमा मार्क बार्टाले गोल गर्दै बेटिसलाई अग्रता दिलाउनुभएको थियो । उहाँले नबिल फेकिरको पासलाई सदुपयोग गर्नुभयो । तर, इकर अल्मेनाको पासमा ७२औं मिनेटमा गेब्रियल मिसेहाउले गोल गर्दै गिरोनालाई खेलमा फर्काउनुभयो ।
गत सिजन क्लब इतिहासमा पहिलोल्पट च्याम्पियन्स लिगमा स्थान बनाएपछि गिरोनाका आर्टेम डोभबिक, एलिक्स गार्सिया, साभिन्हो, एरिक गार्सिया र यान काउटोसहित धेरै खेलाडीले क्लब छाडेका छन् । सातौं स्थानमा रहेको बेटिसले यो सिजन राम्रो नतिजा निकालेको छ । डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले किलियन एमबाप्पेको कप्तानीमा आइतबार मालोर्कामा पहिलो खेल खेल्नेछ ।
बार्सिलोनाले शनिबार भ्यालेन्सियासँग खेल्नेछ भने एट्लेटिको मड्रिडले सोमबार भिल्लारियलको सामना गर्नेछ । ६४औं मिनेटमा उचेले पेनाल्टीमार्फत् गोल गर्दै गेटाफेलाई एथ्लेटिक बिल्बाओविरुद्धको खेलमा १-१ को बराबरीमा ल्याउनुभएको थियो । एजेन्सी ।






