एजेन्सी । मेजर लिग सकर (एमएसएल) टोली एलए ग्यालेक्सीले जर्मन मिडफिल्डर मार्कस रिउस अनुबन्ध गरेको छ । ग्यालेक्सीले रिउसलाई फ्रि-ट्रान्सरफमा भित्रयाएको हो ।
रिउसले क्लबसँग साढे दुई वर्षको सम्झौता गर्नुभएको छ । गत सिजन जर्मनीको बोरुसिया डर्टमण्ड छाडेयता रिउस क्लबविहीन हुनुहन्थ्यो । १२ वर्ष डर्टमण्डमा बिताउनुभएका रिउसले २९४ जर्मन बुन्डेसलिगा खेलमा १२० गोल गर्नुभएको छ ।






