काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ । आइसिसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गत आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको तयारीका लागि सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको हो । टोलीले बेंग्लोरको नेसनल क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
सो प्रशिक्षणका लागि क्यानले २२ खेलाडीलाई छनोट गरिसकेको छ । क्यानले कप्तान रोहित पौडेलसहित २२ खेलाडी छानेको हो । नेपालले प्रशिक्षण क्याम्पका लागि बोलाएका खेलाडीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भिम सार्की, आरिफ सेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा हुनुहुन्छ ।
नेपालले लिग–२ अन्तर्गत अहिलेसम्म चार खेल खेलेको छ । जसमा एक खेलमात्र जितेको छ भने तीन खेलमा हार बेहोरेको छ । नेपालले लिगको दोस्रो शृंखलामा ओमान र घरेलु टोली क्यानडाको सामना गर्नेछ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts