काठमाडौं । काठमाडौंमा यही अगष्ट १८ देखि २८ (भदौ २ देखि १२ गते) सम्म हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली फुटबल टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले शनिबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग अगष्ट १८ मा खेल्नेछ । यस्तै नेपालले बंगलादेशसँग अगष्ट २२ मा खेल्नेछ ।
च्याम्पियनसिपमा पाकिस्तानबाहेक दक्षिण एसियाका ६ टोली सहभागी छन् र दुई समूहमा विभाजन गरिएको छ ।
दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । समूह ‘ए’ मा नेपाल, श्रीलंका र बंगलादेश छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts