काठमाडौं । आयोजक फ्रान्सलाई हराउँदै स्पेनले जारी पेरिस ओलम्पिकमा फुटबलतर्फको स्वर्ण पदक जितेको छ ।
फ्रान्सलाई अतिरिक्त समयमा ५–३ गोलले हराउँदै स्पेन सन् १९९२ पछि पहिलोपटक फुटबलको स्वर्ण पदक जित्न सफल भएको हो ।
सुरूवाती अग्रता लिए पनि जोगाउन नसक्दा फ्रान्स घरेलु मैदानको रजत पदकमा चित्त बुझाउन बाध्य भयो । निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा स्पेनले थप २ गोल गर्दै ५–३ को जित निकालेको हो।
पछिल्लो वर्षयता स्पेनी सिनियर पुरूष तथा महिलादेखि उमेर समूहका टोलीले पनि एकपछि अर्को उपाधि जितिरहेका छन्। स्पेनी टोलीले फुटबल जगतमा दबदबा कायम राखेका छन्।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts