काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाल समूहको पहिलो खेलमा पराजित हुनुभएको छ ।
शनिबार राति सम्पन्न पहिलो खेलमा प्रिन्स डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग लगातार दुई सेटमा पराजित हुनुभएको हो । भिक्टरले पहिलो सेट २१–८ र दोस्रो सेट २१–६ ले जित्नुभएको थियो ।
समूह ‘पी’ मा रहेका प्रिन्सको यो हारसँगै अन्तिम १६ मा पुग्ने सम्भावना कमजोर भएको छ ।उहाँले दोस्रो खेल आयरल्यान्डका नियात न्युयेनसँग २९ जुलाईमा खेल्नु हुने छ ।
यस्तै, समूहचरणको अन्तिम खेल इजरायलका मिसा जिल्बरम्यानसँग ३० जुलाईमा खेल्नुहुने छ । १६ वटा समूहका शीर्ष खेलाडीले अन्तिम १६ मा प्रवेश पाउनुहुने छ ।
यसअघि शनिबार साँझ भएको टेबल टेनिसमा नेपाली स्टार स्यान्टु श्रेष्ठ सोझो सेटमै पराजित हुनुभएको थियो । उहाँ सेनेगलका इब्राहिम डिएवसँग पराजित हुनुभएको हो। उहाँ १०–१२, ३–११, ४–११ र ५–११ ले पराजित हुनुभयो ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता