काठमाडौं । ग्लोबल टी–२० क्यानडा लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल सहभागी टिम टोरोन्टो नेसनल्सले लगातार दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा टोरोन्टोले ब्रैम्प्टन वुल्सलाई ८ विकेटले पराजित गरेको हो।
टस जितेर पहिला ब्याटिङ गरेको वुल्सले १९.१ ओभर खेल्दा सबै विकेट गुमाएर ११० रन बनाएको थियो। वुल्सलाई सस्तैमा समेट्न टोरोन्टोका लागि जुनैद सिद्दिकीले तीन विकेट हात पार्दा रोमारियो शेफर्ड र जेसन बेहरेन्डोर्फले समान दुई/दुई विकेट लिनुभयो ।
टोरोन्टोले १११ रनको लक्ष्य १३।२ ओभरमा भेट्टाएको हो। उसका लागि उन्मुक्त चन्दले अर्धशतक प्रहार गर्नुभयाे । ४० बलको सामना गर्नुभएका उहाँले आठ चौका र एक छक्काको मद्दतमा नटआउट ५३ रन जाेड्नु भएकाे हाे । प्लेइङ–११ मा रहनुभएका नेपालका कप्तान पौडेलले भने ब्याटिङ गर्नु परेन। यो जितसँगै रोहितको टीम चार अंकसहित शीर्ष स्थानमा छ।
यता नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरी सहभागी भ्यानकुभर नाइट्सले ग्लोबल टी–२० क्यानडा लिगमा लगातार दोस्रो हार ब्यहोरेको छ ।
शनिबार साँझ भएको खेलमा बंगला टाइगर्स मिसिसाउगाविरुद्ध पहिले बलिङ गरेको भ्यानकुभर २२ रनले पराजित भएको हो। उक्त खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर लामिछानेले दुई विकेट लिनुभयाे । पुरै चार ओभर बलिङ गर्दा उहाँले ३२ रन खर्चिएर दुई विकेट हात पार्नुभएकाे हाे ।
ब्याटिङतर्फ दीपेन्द्र भने चल्न सकेनन्। २ बलको सामना गर्नुभएका उहाँले १ रन मात्र बनाउनुभयाे। ब्याटिङतर्फ नटआउट सन्दीपले तीन बलको सामना गर्दै २ रन जाेड्नुभयाे ।
भ्यानकुभरले टस जितेर पहिले बलिङ रोजेपछि सुरुमा ब्याटिङ गरेको बंगला टाइगर्सले ७ विकेटको क्षतिमा १५३ रनको चुनौती दिएको थियो। उसका लागि इफ्तिखार अहमदले अर्धशतक बनाउनुभयाे । ४० बल खेलेका उहाँले नटआउट ५० रन बनाउन ६ चौका र एक छक्का प्रहार गर्नुभयाे ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा