काठमाडौं । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान गर्नुभएको छ क्यानडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्न सन्दीप क्यानडा जानुभएको हो ।
लिगमा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्स तथा रोहितकुमार पौडेल टोरन्टो नेशन्समा आबद्ध हुनुहुन्छ । ग्लोबल टी–२० यही २५ जुलाईदेखि सुरु हुँदैछ ।
भ्यानकुभर र टोरन्टोबिच उद्घाटन खेलमै प्रतिस्पर्धा हुनेछ । सन्दीप चौथो, दीपेन्द्र दोस्रो तथा रोहित पहिलोपटक यो लिग खेल्न लाग्नुभएको हो ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता