काठमाडौं । नारायणगढ– मुग्लिन सडक खण्डको जलबिरेमा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते हुनुभएको छ ।
दुर्घटनामा कावासोती नगरपालिकाकी ६० वर्षीया सन्तुमाया कुमाल, ३६ वर्षीय घनश्याम न्यौपाने र १९ वर्षीय जेनिस बस्नेत घाइते हुनुभएको हो ।
पूर्वनवलपरासीको कावासोतीबाट–काठमाडौं आउँदै गरेको ग १ ख ९१५५ नम्बरको माइक्रो बस आज बिहान ४ बजेतिर सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
घाइतेको रानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिनुभयो ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता