
काठमाडौं । श्रीलंकामा शुक्रबारदेखि सुरु भएको महिला एसिया कपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । पहिलो खेलमा यूएईविरुद्ध नेपालले २३ बल बाँकी छँदै ६ विकेटको जित आफ्नो पोल्टामा पार्न सफल भएको हो । खेलमा सम्झना खड्काले विष्फोटक ब्याटिङ गर्दै ४५ बलमा ७२ रन जोडनुभयो । उहाँले आफ्नो इनिङमा ११ वटा चौका प्रहार गर्नुभएको थियो ।
यसबाहेक नेपालका लागि सीता रानामगरले सात, कविता कुँवरले दुई, इन्दु बर्माले ६, रुबिना क्षेत्रीले १० र पूजा महतोले सात रन जोडनुभयो । यूएईले नेपाललाई १४ अतिरिक्त रन दिएको थियो । यूएईका लागि काविशा एगोडेजले तीन विकेट झार्दा लावण्या केनीले एक विकेट लिनुभएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले पूरै २० ओभर खेल्दै आठ विकेट क्षतिमा ११५ रन मात्र बनाएको थियो । नेपालले चार विकेट क्षतिमा यूएईले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पूरा गर्यो ।
यूएईका लागि खुशी शर्माले ३६ र काविशा एगोडेजले २२ रन बनाउनेबाहेक अरूले धेरै रन जोड्न सकेनन् । ईशा ओजा १०, तीर्थ सतिश नौ, रिनिथा राजिथ ६, सामिरा धार्निधार्का १३, हिना हचन्दनी नौ, वैष्णवी महेश शून्य, रीतिका राजिथ ६ र लावण्या केनीले दुई रन जोडनुभयो । नेपालले अतिरिक्त दुई रन दिएको थियो ।
बलिङतर्फ नेपालकी इन्दु बर्माले तीन विकेट र सबनम राई र कृतिका मरासिनीले समान एक विकेट लिनुभएको थियो । खेलमा नेपालकी सम्झना प्लेयर अफ द म्याच हुनुभयो । जितसँगै समूह ‘ए’मा रहेको नेपालले दुई अंक जोडेको छ । नेपालले दोस्रो खेल ६ साउनमा पाकिस्तान र ८ साउनमा भारतसँग खेल्नेछ ।
नेपाल र यूएईबीच खेलिएको यो पाँचौं अन्तर्राष्ट्रिय खेल हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईलाई हराएको भने यो तेस्रोपटक हो । सन् २०१९ को जनवरी १४ तारिखमा थाइल्याण्डमा खेलिएको महिला टी-२० खेलमा नेपालले यूएईलाई ६ विकेटले हराएको थियो ।
सन् २०१९ कै फेब्रुवरी २२ तारिखमा बैंककमा खेलिएको महिला टी-२० विश्वकप एसिया छनोट प्रतियोगितामा पनि नेपालले यूएईलाई सात विकेटले हराएको थियो । सन् २०२१ को नोभेम्बर २८ तारिखमा दुबईमा खेलिएको टी-२० विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगितामा भने यूएईले नेपाललाई ४८ रनले हराएको थियो । सन् २०२२ को जुन २४ मा मलेसियामा भएको नेपाल र यूएईबीचको खेल भने वर्षाका कारण अनिर्णित रूपमा सकिएको थियो ।
जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते)सम्म सञ्चालन हुने महिला एसिया कपको नवौं संस्करणमा सहभागी टोलीलाई दुई समूहमा विभागजन गरिएको छ । नेपाल र यूएई प्रतियोगिताको समूह ‘ए’मा परेका छन् । दुई बलिया टेण्ट राष्ट्र भारत र पाकिस्तानसँगै पनि सोही समूहमा छन् ।
प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्याण्ड छन् । प्रारम्भिक चरणको खेलपछि दुबै समूहबाट दुई-दुई टोली प्रतियोगिताको समेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलमा विजयी हुने दुई टोलीबीच साउन १३ गते फाइनल हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच