
लण्डन । नोभाक जोकोभिच विम्बल्डन २०२४ को फाइनलमा प्रवेश गर्नुभएको छ । लण्डनमा शुक्रबार राती भएको सेमिफाइनलमा विश्व वरीयतामा दोस्रो स्थानमा रहनुभएका सर्वियाका जोकोभिचले २५औँ वरीयतामा रहनुभएका इटालियन खेलाडी लोरेन्जो मुसेट्टीविरुद्ध ३-० को सहज सेटमा जित निकाल्दै फाइनलमा स्थान बनाउनुभएको हो ।
घुँडाको शल्यक्रिया भएको पाँच हप्तापछि जोकोभिचले विम्बल्डनको फाइनलमा पुगेर आफ्नो क्षमता प्रमाणित गर्न सफल हुनुभएको छ । सातपटकको विम्बल्डन च्याम्पियनले २५ औँ वरीयता प्राप्त इटालियनलाई ६-४, ७-६ (७-२), ६-४ ले हराएर अल इंग्ल्याण्ड क्लबमा आफ्नो कीर्तिमानी १०औँ फाइनलमा पुग्न सफल हुनुभयो ।
जोकोभिचसँग अब आठौँ विम्बल्डन उपाधि जितेर महान् रोजर फेडेररको बराबरी गर्ने मौकाको खोजीमा हुनुहुन्छ । त्यस्तै गत वर्ष अल्काराजसँग पाँच सेटको फाइनलमा भएको नाटकीय हारको बदला लिने मौका पनि हुनेछ । यदि जोकोभिच यसपटक विम्बल्डन च्याम्पियन बन्न सफल भए उहाँ यो उपाधि जित्ने सबैभन्दा पाका खेलाडी बन्नुहुनेछ ।
यसैबीच डिफेन्डिङ च्याम्पियन कार्लोस अल्काराजले पहिलो सेमिफाइनलमा डेनिल मेदभेदेवलाई ६-७, ६-३, ६-४, ६-४ को सेटमा पराजित गर्दै लगातार दोस्रोपटक विम्बल्डन टेनिस ग्राण्डस्लामको फाइनलमा प्रवेश गर्नुभएको हो । कार्लोस अल्काराज र नोभाक जोकोभिचबीचको विम्बल्डन २०२४ को फाइनल जुलाई १४ मा हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच